नोकरले बनाएको ‘मटन’ खाएपछि २२ वर्षीया सुन्दरीले ५५ वर्षीय नोकरसँग तुरुन्तै विवाह गरिन्

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर १८ गते-भन्छन्, मुटुको बाटो पेट हुँदै जान्छ । तर यो कुरा एक भनाईमा सिमित नभएर वास्तविक बनेको छ ।पाकिस्तानका एक व्यक्तिले स्वादिष्ट मटन (खसीको मासु) बनाएर युवतीलाई यसरी प्रभावित गरे कि कुरा बिहेसम्म पुग्यो ।अहिले यो जोडीको प्रेमकथा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनीहरुको कुनै चलचित्रको दृश्य भन्दा कम छैन । पहिले झगडा, त्यसपछि प्रेम भयो ।तपाईं यसलाई एकतर्फी प्रेमका रुपमा पनि लिन सक्नुहुन्छ । युवतीलाई आफ्नो माया जालमा पार्नका लागि ती पुरुषले नोकरको रुपमा काम गर्न थाले ।अनि खसीको मासु खुवाएर आफ्नो माया जालमा पारेर बिहेसम्म गर्न भ्याएका हुन् ।यो कहानी २२ वर्षीया आलिया र ५५ वर्षीय रफिकको हो । यो जोडीको प्रेम कहानी पाकिस्तानी युट्युबर सैयद बासित अलीले आफ्नो च्यानलमा सेयर गरेका छन् । दुबैले पहिलो पटक एक अर्कालाई रिक्सामा भेटेका थिए ।तर त्यहाँ केही गडबड हुँदा आलियाले रफिकलाई एक थप्पड हानेकी थिइन् । प्रेमकथा सुनाउँदै रफिकले भने, ‘हामी दुबैजना रिक्सामा भेट्यौं । रिक्सामा अर्को केटा थियो, जसले आलियालाई हेरिरहेको थियो ।मैले त्यो केटाको प्रतिकार गरें, हामीबीच झगडा भयो र मैले उसलाई धेरै पिटें ।त्यसपछि मैले आलियालाई देखेँ, उनी रिसाएकी थिइन् । मलाई धन्यवाद दिनुको सट्टा आलियाले मलाई थप्पड हानिन् ।’ पहिलो भेटको बारेमा कुरा गर्दै आलियाले भनिन्, ‘रफिकले मलाई रिक्सामा सवार अरू केटाभन्दा बढी हेरिरहेको थियो, त्यसैले मैले उसलाई थप्पड हानें ।तर त्यतिबेला उनी यति दयालु छन् भन्ने थाहा थिएन ।’ अब आउँछ कथाको रोचक भाग । आलिया रिक्साबाट ओर्लिएपछि रफिकले उनलाई पछ्याउँदै घरसम्म पुगेका थिए । त्यसपछि उनी फर्किए अनि भोलिपल्ट फेरि आलियाको घर पुग्न भ्याए । रफिक आएपछि आलियाले ढोका खोलिन्, रफिकसँग रिसाउन थालिन् ।रफिक केही नबोली फर्किए । यो क्रम तीन दिनसम्म चल्यो । त्यसपछि चौथो दिन रफिकले आलियालाई घरमा कुनै काम छ कि भनेर सोधेका रहेछन् । आलियाले दु:खी हुँदै रफिकलाई खाना पकाउने काम दिइन् । रफिकले आलियाको घरमा प्रवेशपछिको कथा पनि सुनाएका छन् ।उनले भने, ‘मैले राम्ररी पकाउँछु र घरका अन्य सबै काम पनि गर्छु भनेँ ।’ आलियाको अनुरोधमा रफिकले पहिलो दिन हांडीको मटन बनाए । आलियालाई रफिकको हातको खाना यति मन पर्यो कि उनी रफिकको मायामा पागल भइन् ।आलियाले भनिन्,‘जुन प्रकारको खाना पकाएर यसले मलाई खुवाउँछ यस्तो खाना अरुले पकाउन सक्दैन् । यदि यो टाढा गयो भने, म कसम खान्छु म धेरै दु:खी हुनेछु ।’ रफिक–आलियाको आफ्नै व्यवसाय चलिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ