ओली सरकारको काम देखेर मधेसी जनताले एमालेलाई पहिलो पार्टी बनाए : सचिव महासेठ

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर १७ गते- नेकपा एमालेका सचिव रघुवीर महासेठले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई देखेर मधेसी जनताले एमालेलाई मधेसमा पहिलो पार्टी बनाएको बताउनुभएको छ ।प्रेस चौतारी धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महासेठले ओली प्रधानमन्त्री हुँदा मधेस प्रदेशमा मात्रै विकास निर्माणका दुई हजारभन्दा बढी योजनाहरू ल्याएर लोकप्रिय काम गरेकाले मधेसका जनताले अहिले विश्वास गरेर एमालेलाई मत दिएको बताउनुभयो ।धनुषा निर्वाचन क्षेत्र ४ बाट निर्वाचित महासेठले कांग्रेसले मधेसको हितमा आजसम्म कुनै पनि काम नगरेको आरोप लगाउनुभयो । एमालेले केन्द्र र प्रदेशमा अहिलेसम्म सरकार बनाउने कुनै तयारी नगरेको बताउँदै महासेठले समानुपातिक तर्फको सबै मतपरिणाम आएपछि मात्रै सरकार बनाउने विषयमा पार्टीले आवश्यक निर्णय लिने बताउनुभयो ।
उनले अब बन्ने सरकारले तीन महिनाभित्र अंगिकृत नागरिकका सन्तानलाई नगरिकता दिने प्रावधान नल्याए मधेसमा आन्दोलन गर्ने बताउनुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ