४ बुदे सहमतिपछि उठ्न थाल्यो जीतपुरसिमराको फोहोर

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर १६ गते-

स्थानीयसंगको ४ बुदे सहमतीपछि जीतपुरसिमरा उपमहानगरपालिकामा फोहोर उठन थालेको छ । वडा नम्बर १ दुधौराका स्थानीय र जनप्रतिनिधिको ४ बुदे सहमतीपछि उपमहानगरपालिकाको फोहोर उठन थालेको हो ।

यसअघि स्थानीयको अवरोधका कारण झण्डै एक सातादेखि फोहोर उठ्न सकेको थिएन् । सिमरामा भएको छलफलकाबिच दुधौराबासी र जनप्रतिनिधि बीचको ४ बुदे सहमती भएको हो ।

सहमती अनुसार दुधौराका स्थानीयलाई लक्ष्ति गरी तीन तीन महिनामा स्वास्थ्य शिविर राख्ने, यही मंसिर २४ गते नगरपालिकाको समन्वयमा आखा चेकजाचका लागि आखा शिविर राख्ने, झिगा, लाम खुट्टेजस्ता रोग व्यवस्थापनका लागि किटनासक दबाई छिट्ने, बालबालिका पढ्ने विद्यालयका लागि पूर्वाधार निर्माण तथा शैक्षिक सामग्रीको व्यवस्थापन गरिने वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहेका जीतपुरसिमरा उपमहानगरपालिकाका प्रवक्ता ईश्वर खत्रीले जानकारी दिनुभयो ।

छलफलमा नगर प्रमुख राजन पौडेल, वडा नं १ का वडा अध्यक्ष हिराबहहादुर गुरुंङ, वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की, वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्रीलगायत दुधौराबासीको उपस्थिति रहेको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ