संसारकै महंगो औषधि, जसको एक डोजको मूल्य नै ५० करोड रुपैयाँ

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर ११ गते-

अमेरिकाको संघीय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृति दिएको छ ।

यो औषधि यतिधेरै महंगो छ कि यसको एक खुराक मात्रलाई ३५ लाख अमेरिकी डलर वा झण्डै ५० करोड रुपैयाँ पर्छ । यो औषधि एउटा निकै दुर्लभ जेनेटिक रोग हेमोफिलिया बीको उपचारमा प्रयोग गरिन्छ । हेमोफिलिया यस्तो वंशाणुगत रोग हो जसका कारण मानिसको शरीरमा चोटपटक लाग्दा घाउबाट रगत बग्न रोकिंदैन ।वैज्ञानिकहरुका अनुसार यो औषधिले जुन प्रकारबाट उपचार गरिन्छ, त्यसको आधारमा यसको मूल्य उपयुक्त छ । यो औषधिको विकासमा धेरै मेहेनत र खर्च भएको बताइन्छ । संसारकै सबैभन्दा महंगो यो औषधिको नाम हेमजेनिक्स हो ।तथ्यांक अनुसार विश्वमा महिलाको तुलनामा पुरुषहरु हेमोफिलिया बीबाट पीडित छन् । अमेरिकामा पनि करिब आठ हजार पुरुष यो रोगसँग संघर्ष गरिरहेका छन् । यो रोगको उपचारमा युरोप र अमेरिकामा सरकारले प्रतिव्यक्ति करोडौं खर्च गर्नु परिरहेको छ ।  हेमजेनिक्स औषधिको एक डोज दिएपछि यो रोग निको हुन्छ । त्यसैले एक खुराक मात्रैको झण्डै आधा अर्ब पर्ने भए पनि हेमोफिलिया बीको उपचारमा विद्यमान पद्धतिभन्दा यो औषधिमा लाग्ने खर्च सस्तो पर्ने बताइन्छ ।हेमजेनिक्स औषधि बिरामीमा सुइबाट दिनुपर्छ । यो एक भाइरसमा आधारित भेक्टर हो । यसले कलेजोका टार्गेट कोषिकामा विशेष रुपमा संरक्षित डीएनए पठाउँछ । त्यसपछि औषधिको माध्यमबाट पठाइएको जेनेटिक सूचनालाई कोषिकाहरुले प्रसार गर्दै त्यसलाई रगत जमाउने प्रोटिनसम्म पुर्‍याउँछन् । जसका कारण क्लटिङ प्रोटिनले राम्रोसँग काम गर्छ र काटेको ठाउँबाट समयमै रगत बग्नबाट रोकिन्छ।एजेन्सीको सहयोगमा

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ