बारा ३(१) मा एमालेका उम्मेदवार रविन्द्रदास श्रेष्ठ बिजयी

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर १० गते –

बारा क्षेत्र नं. ३(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रविन्द्रदास श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ आठ सय ८६ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

श्रेष्ठले आठ हजार एक सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी मुकेश साहले सात हजार तीन सय ९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भरतबहादुर खड्काले पाँच हजार सात सय ६ मत प्राप्त गरे ।

श्रेष्ठको जितसंगै बारामा एमालेले दुई वटा प्रदेशसभामा जित हात पारेको छ । यसअघि बारा ४(१) मा देवनारायण चौधरी निर्वाचित भएका थिए ।

बाराको आठ वटा प्रदेशसभा मध्ये पाँच वटाको मतपरिणाम आईसकेको छ । जसमध्ये ४(२) मा लोसपाका जितेन्द्र सोनल, २(१) मा स्वतन्त्र उम्मेदवार सारदा संकर कलवार, २(२) मा जसपाका बच्चा राउत अहिर निर्वाचित भईसकेका छन् ।

यसैगरी चार वटा प्रतिनिधिसभामध्ये बारा क्षेत्र नं. ४ अन्तिम मतपरिणाम आईसकेको छ भने अन्यमा मतगणना जारी छ । बारा ४ मा नेकपा एकिकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ