जितपुर बजारमा मोबाईल किन्दा कार उपहार परेपछि । स्पर्श खबर जितपुर बारा मंसिर १० गते-
चौधरीले १८९९९ रुपैयाको सान्सुङ कम्पनीको एम १२ मोडेल मोबाईल खरिद गर्दा उनलाई करिब २७ लाख बजार मुल्य पर्ने रिनल्ट कम्पनीको क्विड कार उपहार परहेको एस.के. मोबाईल हबका संचालक राजेश गुप्ताले बताउनु भयो ।
साम्सुङ कम्पनीको दशै अफर अन्तर्गत चौधरीले कार उपहार जितेका थिए र उपहार प्रप्त गर्न सबै कानुनि प्रकृया र कागजपत्र व्यस्थापन गरेर केही दिन अघि मात्र साम्सुङ कम्पनीले काठमाण्डौबाट चौधरीलाई कार हस्तान्त्रण गरेको थियो ।
कम्पनीले कार हस्तान्त्रण गरे पछि आज शनिबार मोबाईल बिक्री गर्ने एस.के मोबाइलले उपहार विजेता भाग्यसाली चौधरीलाई सम्मान र बधाई कार्यक्रमको आयोजना गरेको थियो । एस.के मोबाईल हबका संचालक राजेश गुप्ताका पिता जम्ना प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुलिन गुप्ता र जीपतुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने प्रमुख अथिति रहनु भएको थियो ।
सम्मान र बधाई कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नुरुल्लाह असांरी, मोबाईल एसोसिएसन बाराका अध्यक्ष मोहन कार्की, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरि, उद्योग वाणिज्यका महासचिव प्रकाश गिरि, सदस्य राकेश साह, राजुराज गिरि, समाजसेवी राजु गिरि, कृष्णा गुप्ता , अयुब खाना राजेश गुप्ता लयागतको उपस्थिति रहेको थियो ।