हिंसा हुने वातावरणको अन्त्य पहिलो सर्त बन्नुपर्छः उपप्रमुख डंगो

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर ६ गते-

हिंसा हुने वातावरणको अन्त्य पहिलो सर्त बन्नुपर्छः उपप्रमुख डंगो

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठक बसेको छ । सामाजिक विकास विभागले आयोजना गरेको बैठकमा लैङ्गिक हिंसा निवारण सञ्जाल काठमाडौँसँग आवद्ध संघ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । ‘अभियान चलाइरहेका व्यक्तिहरु यसका लक्षित सहभागी हुनुहुँदैन । अभियानको विषय थाहा नहुनेहरुलाई कार्यक्रममा सहभागी गराउनुपर्छ,’ बैठकमा उपप्रमुख डंगोलले भन्नुभयो, ‘सीमित र बुझेका व्यक्तिभन्दा बाहिर ल्याएर सबैको जानकारीमा पुग्ने कार्यक्रम गर्नुपर्छ ।’ उहाँले विगतमा गरिएका राम्रा र प्रभाव देखिएका कार्यक्रमलाई निरन्तरता दिँदै जनसाधारणको पहुँचमा दिवसको अर्थ बुझाउने खालका कार्यक्रम तर्जुमा गर्न आग्रह गर्नुभयो ।

‘सामाजिक विकास विभागको संयोजनमा महानगरले नेतृत्व गर्ने र सरोकारवाला सबै सहभागी हुन सक्ने कार्यक्रम बनाउनु पर्छ,’ उपप्रमुख डगोलको भनाइ छ, ‘महानगरलाई प्राप्त न्यायिक निरुपणका अधिकारले मेलमिलापका लागि प्रोत्साहन गर्नुपर्छ । कतिपय अवस्थामा मेलमिलाप गराउँदा पीडितमाथि थप पीडा हुन सक्ने संवेदनशीलतालाई विचार गरेर काम गर्नुपर्छ ।’ उपप्रमुख डंगोलले वडा महिला सञ्जाल गठन र यसको प्रभावकारिताका बारेमा कुरा गर्दै, घटना र अवस्थाको प्रकृतिअनुसार कतिपय उजुरी तथा मुद्दा प्रहरीमा लैजानु पर्ने बताउनुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ