जितपुरमाआमनिर्वाचन : मतदानस्थल केन्द्रमा सम्पूर्ण तयारी

spot_img
spot_img

मतदानस्थल कर्मचारी र सुरक्षाकर्मीको पहुँचमा

स्पर्श खबर जितपुर बारा मंसिर ३ गते: यही आइतबार हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको तयारी बारामा निरन्तर अघि बढेको छ । निर्वाचन आयोगले बनाएको तालिकाअनुसार अहिलेसम्म कुनै समस्या नभई आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको मतदान निर्वाचन अधिकृत धन्जय गाैतमले जानकारी दिनुभयो ।

“मतदान केन्द्रमा खटिएका कर्मचारीले चारकिल्ला निर्धारण गर्ने, मतदान केन्द्रको तीन सय मिटर वरपर चुनावी प्रचारका सामग्री हटाउने, मादक पदार्थ निषेधित क्षेत्र भएको सूचित गर्ने, मतदान केन्द्रका लागि छेकाबार निर्माण, लाइन बस्ने डोरी टाँग्ने, एक ढोकाबाट भित्र पसेर मतदान गर्ने र अर्को ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाउनेसहितको आवश्यक काम सम्पन्न भएको छ”, मतदान निर्वाचन अधिकृत गाैतमले भन्नुभयो, “भौतिक संरचनाको निर्माणसहित मतदान अधिकृतले गर्नुपर्ने निर्वाचनसँग सम्बन्धित राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिसँगको सर्वदलीय बैठकमार्फत मतदानका क्रममा अपनाइने आचरणका सम्बन्धमा आचारसंहिता तयार गर्ने, बुथमा बस्ने उम्मेदवारको प्रतिनिधिको नामावली सङ्कलन गर्नेलगायतका आवश्यक कामकारबाही सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।”

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ