डिप्रेसन र क्यान्सरका रोगीलाई अमृत समान हुन्छ एभोकार्डो, यस्ता छन् अन्य फाइदै फाइदा जानीराखौं

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते-

नेपालको तातो ठाउँमा पाउने एउटा फल हो । नेपालमा यसको प्रयोगको त्यति धेरै देखिँदैन। तर पछिल्लो समय यो फलको उपभोग गर्ने चलन भने बढ्दै गएको पाइन्छ । यो फल पाचनप्रणालीदेखि लिएर डिप्रेरसन र क्यान्सरका रोगीलाई समेत फाइदाकर मानिन्छ। यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ। एभोकार्डोले मोटोपन, मधुमेह, मुटुको रोग घटाउन पनि सहयोग गर्छ। यस फल खाँदा स्वास्थ्यलाई निम्न फाइदा हुन्छ।

पोषिलो फल: एभोकार्डोमा भिटामिन र खनिज तत्व पर्याप्त मात्रामा पाइन्छ। एभोकार्डौको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ। एउटा एभोकार्डौमा ६४ क्यालोरी हुन्छ। जसमा ६ ग्राम चिल्लो, ३.४ ग्राम कार्बोहाइडे«ेट, एक ग्रामभन्दा कम चिनी र ३ ग्राम फाइवर हुन्छ।

एभोकार्डोमा भिटामिन ‘सी, ई, के, बी’ पाइन्छ। राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ। बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ। एभोकार्डो पूर्ण रुपमा स्वास्थ्यवर्धक मानिन्छ। यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्छ।

एउटा एभोकार्डोमा २५ मिलिग्राम चिल्लो हुन्छ। यसलाई बेटा–सिस्टेरोल भनिन्छ। यसमा रहेको चिल्लो पदार्थ स्वस्थवर्धक मानिन्छ। एभोकार्डो नियमित खाएमा रगतमा भएको कोलस्ट्रोललाई सन्तुलन राख्न सहयोग पुग्छ।

दृष्टि क्षमता बढाउँछ: एभोकार्डोमा लुटिन र जियाक्जाथिन गरी दुई रसायन पाइन्छ। यी रसायनले आँखाको कोषमा एन्टिअक्सिडेन्टविरुद्ध सुरक्षा प्रदान गर्छन। यी रसायनले आँखाका कोषिकालाई नष्ट हुनबाट बचाउँछन् र अल्टाभाइलेट प्रकाश प्रदान गर्छन्।

घुँडा दुख्ने रोगबाट बचाउँछ: एभोकार्डोमा पाइने भिटामिन ‘के’ हड्डी स्वास्थ्यका लागि अतिलाभदायी मानिन्छ। दैनिक आधा एभोकार्डो खाने हो भने पनि २५ प्रतिशत भिटामिन ‘के’ प्राप्त हुन्छ।

क्यान्सरबाट बच्न सकिन्छ: पर्याप्त मात्रामा यो फलको प्रयोगले आन्द्रा, पेट, प्याङ्क्रियाज र पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने दाबी गरिएको छ। अनुसनधानकर्ता कुरामा विश्वास गर्छन् कि यसमा रहेको ‘फोलेट’ तत्वले अनावश्यक सेल बढ्न दिंदैन। क्यान्सर लाग्न नदिन र क्यान्सर लागिसकेपछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ। केही अनुसन्धानकर्ताका अनुसार यसमा रहेको फिटोकेमिकलले बढ्न लागेका क्यान्सरका कोषलाई रोक्छ।

गर्भपतन रोक्छ: आमाको दूध खाने र गर्भमा रहेका शिशुका लागि फोलेट अनिवार्य पर्छ। एभोकार्डो नियमित सेवन गरेमा पोषणको कमीले हुने गर्भपतन हुँदैन। एमसी गिल विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार ३० प्रतिशत गर्भपतन गर्भावस्थामा हुने फोलेटको कमीले हुन्छ।

डिप्रेसनको जोखिम कम गर्छ: यो फलमा उच्च मात्रामा रहेको फोलेट तत्वले डिपे्रसन हुनबाट बचाउन सक्छ। किनकि फोलेटले होमोसिस्टाइन उत्पादन गरी मस्तिष्कमा पठाउँछ। यसले मस्तिष्कमा हुने सेरोटोनिनी, डोपामिन र नोरेनिफाइन प्रभावित गर्छ। जसले थकान, निद्रा र मुडलाई नियन्त्रणमा राख्छ।

पाचन प्रक्रियामा सहयोगी: एभोकार्डोमा पर्याप्त मात्रामा फाइवर, क्रिमजस्ता तत्व पाइन्छन्। फाइवरयुक्त खानाले कब्जियत हुन दिँदैन र पाचनप्रणाली चुस्त बनाउँछ। पाचन प्रणाली राम्रो हुँदा आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ।

शरीरबाट विकार हटाउँछ: एभोकार्डो नियमित सेवन गर्दा प्राकृतिक रुपमै शरीरमा भएको विकार निर्मलीकरण गर्छ। यसको सेवनले शरीरमा रहेको दूषित रसायन दिसा या पिसावको माध्यमबाट बाहिर निस्कन्छ।

बाथको उपचार: यसमा पाइने ‘स्याप्नोनिन्स’ ले गठियाबाथको उपचारको काम गर्छ। यसको नियमित सेवनले गठियाबाथको कारण हुने दुखाइ पनि कम गर्छ

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ