स्पर्श खबर जितपुर बारा कार्तिक २४ गते-
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा ६ र ३ रामबान र नगैलमा नेकपा एमालले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वती देबी चौधरीको नेतृत्वमा सो घरदैलो सम्पन्न भएको हो ।
घरदैलोमा नेकपा एमालेबाट बारा निर्वाचन क्षेत्र नम्बर ६ र ३ प्रतिनिधी सभा उमेदवार एकवाल मिया र निर्वाचन क्षेत्र नम्बर ४(क) का प्रदेश सभाका उमेदवार देवनारायण चौधरीले मतदाताको घर घरमा पुगेर मत माग्नु भएको थियो ।
स्थायी सरकार निर्माण र विकासको योजना सहित निर्वाचनमा होमिएको पार्टि एमाले मात्र भएकोले नेकपा एमालेका उमेदवारलाई मंसिर ४ को निर्वाचनमा जीता दिलाउन आग्रह गर्दै दुबै उमेदवारले औराहामा घरदैलो सम्पन्न गरेका हुन् ।
घरदैलो कार्यक्रममा नेकपा एमालेका निर्वाचन परिचालन कमिटि संयोजक भरत घले, सह संयोजक कासिम हुसेन, प्रदेश निर्वाचन परिचालन कमिटि संयोजक दिनेश्वर ठाकुर लगाएत वडा नम्बर ६ र ३का वडा कमिटिका सथै स्थानियको ब्यापक सहभागीता रहेको थियो ।