महासंघको भेला सम्पन्न, निर्वाचन परिचालन कमिटी गठन

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा कार्तिक २४ गते-

नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जीतपुरसिमरा नगर कमिटीको भेला सिमरामा सम्पन्न भएको छ ।

भेलामा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी प्रचारका लागि नगर कमिटी अध्यक्ष चुडामणी गौतम (राजु) को संयोजकत्वमा ५१सदस्यीय परिचालन कमिटी गठन गरेको छ । ।नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय सचिवालय सदस्य हरिशरण अधिकारी, केन्द्रीय सदस्य युवरा पौडेल, एमाले प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुर, जिल्ला कमिटी सदस्य अमृतलाल श्रेष्ठ, कासिम हुसेन, कमला घिमिरे, सुभद्रा न्यौपाने, भावना आचार्य, नगर कमिटी सचिव रत्न उप्रेती, उपसचिव त्रिलोक विक्रम शाह, वडा नं. २ का वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेललगायतको उपस्थिती रहेको थियो ।भेलामा बोल्दै पूर्वमन्त्री पौडेलले एमालेका उम्मेदवार जिताउने अभियानमा सक्रियरुपमा सहभागी हुन अनुरोध गरे । एमालेको एजेण्डालाई मतदाताले रुचाउने भन्दै पौडेलले चुनावी प्रचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ