बार्सिलोनाको उत्कृष्ट पूनरागमन जित

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा कार्तिक २३ गते-

दश* खेलाडीमा समेटिएको बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनामाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ।

घरेलु टोली ओसासुनासँग १–० ले पछि परेको स्थिति उल्ट्याएर क्याट्लान क्लब बार्सिलोनाले २–१ को पूनरागमन जित दर्ता गरेको हो।

पाम्पलोना स्पेनमा गएराति भएको खेलमा बार्सिलोनालाई जिताउन पेड्री र राफिन्हाले गोल गरे। घरेलु टोलीका डेभिड गार्सियाको गोल सान्त्वना बन्यो ।

खेलको छैठौं मिनेटमा गार्सियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। खेलको ३१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। रोबर्ट लेवान्डोस्की दोहोरो पहेलो कार्ड पाएर मैदान बाहिरिएपछि बार्सिलोना थप दबाबमा पर्‍यो।

त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा डिफेन्डर जेरार्ड पिके पनि रातो कार्ड पाए। ३५ वर्षीय पिके बेन्चमा रहेर पनि रेफ्रीसँग विवाद गरेका कारण उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए।

बासर्लोनाले दोस्रो हाफमा सानदार प्रदर्शन गर्‍यो।

Esewa
softwarica
nic

खेलको ४८औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। ८५औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट पूनरागमन जित दिलाए।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोनाले महत्वपूर्ण तीन अंक जोड्यो।

यो रोमाञ्चक पूनरागमन जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडलाई ५ अंकले पछि पारेको छ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको १४ खेलबाट ३७ अंक हुँदा एक खेल कम खेलेको रियल म्याड्रिडको ३२ अंक छ। यस्तै पराजित ओसासुना २३ अंक जोडेर छैठौं स्थानमा कायमै छ।

*अन्यथा भएकोमा सच्याइएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ