स्पर्श खबर जितपुर बारा कार्तिक २३ गते-मंसिर ४ का लागि बारा क्षेत्र नं. ३ मतदाताको विशेष चासोमा छ । बाम–लोकतान्त्रिक गठबन्धन, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) का उक्मेदवार बीचको त्रिपक्षीय भिडन्त रहेको यो क्षेत्रलाई मतदाताले विशेष चासोका साथ हेरिरहेका छन् ।नेकपा एमालेबाट पूर्वमन्त्री ज्वालाकुमारी साह, जसपाका पूर्वसांसद रामबाबुप्रसाद यादव र बाम लोकतान्त्रिक गठबन्धनबाट संविधानसभा सदस्य लालबाबु सिंह चुनावी मैदानमा छन । क्षेत्र नं. ३ मा आफना् पक्षले जित्ने सबैको दाबी छ । तर हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्दा एमाले उमेदवार पूर्वमन्त्री साहको जित सुनिश्चित जस्तै रहेको एमाले कार्यकर्ताहरु बताउँछन् ।यो निर्वाचन क्षेत्रमा जिल्लाको कलैया उपमहानगरपालिकाका वडा नं.१७ बाहेकका २६ वटा वडा, जितपुरसिमरा उपमहानगरपालिकाको ११, १२, १३, १४, १५, १६, १७ र १८ का साथै फेटा गाउँपालिकाका ५, ६, ७ नं. वडाहरुसहित ३७ वडाहरु पर्दछन् ।गत स्थानीय तहको निर्वाचनमा क्षेत्रमा रहेका ३७ वडाहरु मध्ये एमाले एक्लैले १४ वडामा जितेको छ भने अधिकांशमा एमालेका उम्मेदवारहरुनै निकटतम प्रतिद्धन्दी बनेका थिए । । यो आधारबाट हेर्दा एमालेको जितको पहिलो आधार नै हो भन्ने देखिन्छ । एमालेले जित्ने दोस्रो अधारको रुपमा एमाले एक्लैले यो क्षेत्रमा २१ हजार १९१ मत पाउँदा जसपाले जम्मा ११ हजार ८० मत पाएको छ । तर स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएर पनि कांग्रेशबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार नपाएकोले उसको मत विभाजित हुने अवस्था छ । गठबन्धन भित्रको ठुलो शक्ति काँग्रेसले लोसपाका उम्मेदवार लालबाबु सिंहलाई समर्थन गरेको छ । कांग्रेश र जसपा गठबन्धनले यो क्षेत्रमा गत बैशाखमा भएको निर्वाचनमा ३० हजार ५७७ पाएको थियो । जसमध्ये काँग्रेस एक्लैको १७ हजार ६५१ मत रहेको अनुमान छ । यस्तै लोसपाले यस क्षेत्रमा २ हजार १२४ मत पाउँदा नेकपा माओवादीले ७ हजार ३८४ पाएको छ भने नेकपा एकीकृत समाजवादीले ३ हजार ३९७ मत पाउँदा चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले १० मत मात्रै पाएको देखिन्छ ।दलहरुले स्थानीय निर्वाचनमा पाएको मतलाई आधार मान्दा जसपा उमेदवार रामबाबुकुमार यादव प्रतिनिधिसभा सदस्य निर्वाचनका सबै भन्दा कमजोर देखिनुभएको छ । उहाँ अहिले भने एमाले र गठबन्धनको असन्तुष्ट मत आफुतिर आउनेमा विश्वस्त देखिनुभएको छ । तर त्यसो हुने संभावना नभएको एमाले नेता अनिल मैनालीले बताउनुभयो । उहाँले सबै भन्दा बलियो रहेको कांग्रेशको उम्मेदवारी नदिएर कमजोर रहेको लोससासंग गठबन्धन गरेपछि एमाले उम्मेदवार साहलाई जितको लागि सहज वातावरण बनेको बताउनुभयो ।यद्यपि चुवान नजिकँदै गर्दा जसपाका उम्मेदवार यादवले गरेका केही कामले उत्तरी क्षेत्रका मतदाताको मन भने जितेको छ । वषौं अलपत्र परेको बालगंगा पुल संचालनमा ल्याउन अगुवाई गरेका यादवले टाँगियावस्तिमा विद्युतीकरणको लागि पनि मद्दत गरेका छन । अघिल्लो निर्वाचनमा कम मत प्राप्त गरेका यादवले यसपटक भने उत्तरी क्षेत्रबाट उत्साहजनक मत पाउने देखिन्छ ।यद्यपि एमाले कार्यकर्ताहरुले भने यस कामको जस यादवलाई मात्र नजाने र पुलको योजना पार्ने एमाले र विगत लामोसमयदेखि डेलिगेस जाने, कार्यक्रम पार्ने एमाओवादी, एमाले र खुद टाँगियाका स्थानीय अगुवाहरुको भूमिका महत्वपूर्ण रहेको र उक्त क्षेत्रको मत पनि सोही अनुसार विभाजित हुने बताउँछन् ।गठबन्धनमा रहेका दलहरुको गत स्थानिय निर्वाचनमा पाएको एकमुष्ठ मत ३० हजार ५६६ हुन आउँछ । यस अर्थमा गठबन्धनका उम्मेदवार लालबाबुलाई सहज देखिए पनि परिस्थिति भने सहज नभएको नाम नछाप्ने शर्त एक जना काँग्रेस नेताले बताए । उनका अनुसार सिंहको दल लोसपासँग सो क्षेत्रमा एक चौथाई पनि मत छैन । चुनाव नजिकँदै गर्दा लोसपाका कार्यकर्ताले जसपा र एमाले रोजी रहेकाले लोसपा उम्मेदवारलाई चुनाव जित्न त्यति सहज नभएको उनको तर्क छ ।यस्तै गठबन्धनभित्रको नेकपा माओवादी र नेकपा (एस) को पनि हालत लोसपाकै जस्तो भएको छ । ‘प्रभावशाली नेताहरु एमाले प्रवेश गरिरहेका छन् । नेकपा एसका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा सहितका दर्जनौं प्रभावशाली नेता एमाले फर्किएकाले गठबन्धनका उम्मेदवार सिंहको जित सहज नदेखिएको अवस्था छ ।’ ती नेताले भने ।अर्कोतर्पm बलियो शक्ति काँग्रेस भित्रको आन्तरिक कलहको प्रभावले मतदाता विभाजित हुने चर्चा चलिरहेको छ । काँग्रेसमा गत महाधिवेशनदेखि नै शेखर कोइराला र सभापती देउवाको संस्थापन पक्ष बीचमा चर्को विवाद रहँदै आएको छ । यी सब कारण पनि एमालेकी साहको जितमा मद्दत पुग्ने कतिपयले विश्लेषण गरिरहेका छन् ।अर्कोतर्फ यस पटकको निर्वाचनमा जातीय कुराहरुले समेत प्रभाव पार्ने देखिएको छ । यादव र अन्य जातीबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको एक नेताले बताए । भूगोलको हिसावले क्षेत्र नं.३ को ७५ प्रतिशत भूभाग कलैया उपमहानगरपालिमा पर्दछ । कलैयाले २०७५ मा प्रकाशित गरेको पाश्वचित्रमा उल्लेखित तथ्यांकलाई हेर्ने हो भने सो पालिकामा सबैभन्दा धेरै १९.२० प्रतिशत मुसलमान, १०.८६ प्रतिशत यादव, ६. ६८ कानु र ६.१० तेली समुदायको बसोबास छ ।१९ प्रतिशत बढी बसोबास रहेको मुसलमान समुदायले एमाले मुसलमानप्रति उदार रहेकाले यसपटकको भोट एमालेलाई दिने कलैया उपमहानगरपालिका २४ का कमरुल देवानले बताउनुभयो ।