जीतपुरसिमरा उपमहानगरपालिका न्याय समिति सदस्य जादाेलाल सहनी उपचारको क्रममा निधन

जीतपुरसिमरा उपमहानगरपालिका वडा सदस्य जादाेलाल सहनी उपचारको क्रममा निधन


मनाेज शाह जितपुर बारा पुस १६ गते : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नं– १३ का वडा सदस्य जादोलाल सहनिको निधन भएको छ। ६० वर्षीय सहनिको मंगलबार निधन भएको नगर प्रमुख राजन पौडेलले जानाकारी दिनुभयो। बिरगंज स्थित नेपाल मेडिसिटी ब्योधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

लामो समय देखि मृगौला रोग बाट पिडित रहेका वडा सदस्य जादोलाल सहनिलाई सोमबार एकासी स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि बिरगंज स्थित ब्योधा अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार उपचारको क्रममा वडा सदस्य सहनिले ५ बजेर ५० मिनेटमा आफ्नो अन्तिम सास लिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा न १३ का वडाध्यक्ष हेमनारायण चौधरीले बताए

लामो समय देखि हाम्रो वडा सदस्य जादोलाल सहनी मृगौला रोग बाट पिडित हुनुहुन्थ्यो ,उहाँको दुबै मृगौला समेत खराब थियो र उहाँले नियमित रुपमा मृगौलाको डायलाईसिस गराउनु हुन्थ्यो तर हिजो अचानक स्वास्थ्यमा समस्या आए पछि उहाँ अस्पताल भर्ना हुनु भएको थियो वडाध्यक्ष चौधरीले भन्नू भयो ।

वडा सदस्य सहनी जीतपुरसिमरा उपमहानगरपालिकाको न्यायीक समितिका सदस्य समेत थिए ।वडा सदस्य सहनिको १ छोरा र २ छोरी छन।नेकपा एमालेको तर्फ सहनी २०७९ को चुनावमा वडा सदस्यमा निर्वाचित भएको थियो।वडा सदस्य सहनिको भोलि अन्तिम दाह संस्कार गर्ने कार्यक्रम रहेको छ।यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले वडा सदस्य सहनिको निधन प्रती दुख व्यक्त गर्नुभएको छ।