प्रतिबन्धित लागू औषध ईन्जेक्सन सहित १ महिला प्रहरीको नियन्त्रणमा

प्रतिबन्धित लागू औषध ईन्जेक्सन सहित १ महिला प्रहरीको नियन्त्रणमा
मनाेज शाह जितपुर बारा पुस १४ गते :
प्रतिबन्धित लागू औषध ईन्जेक्सन सहित १ महिला प्रहरीको नियन्त्रणमा लिएको छ ।
प्रहरी चोकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई लगी रहेको निम्न बमोजिमको लागू औषध बरामद गरी लागू औषध ओसारपसार कार्यमा संलग्न रहेकी १ महिला समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता तथा सुचना अधिकारी प्रकाश सफाकाेटाले बताए । बसमा सवार जिल्ला रौतहट कटहरिया न.पा.७ बस्ने अं.वर्ष २१ की मुस्कान कुमारी दास रहेका थिए । नोरफिन-१२०० पिस, इन्जेक्सन ड्राइजोपाम-१२०० पिस ,इन्जेक्सन
फेनारगल-१२०० पिस ,इन्जेक्सन रहेको प्रहरीले बताए ।