एमाले अध्यक्ष ओलिले सम्बोधन गर्ने पार्टी प्रवेश तथा विशाल जनसभाको तयारी तीव्र

मनाेज शाह जितपुर बारा पुस १३ गते:

पर्साको सखुवाप्रसौनी गाउँपालिका, औराहा पचगावामा पौष १४ गते आइतबार आयोजना हुने नेकपा एमालेको पार्टी प्रवेश र विशाल जनसभाको तयारी तीव्र बनाइएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्ययतामा आयोजना हुने कार्यक्रम स्थलको एमाले मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, सचिव मनोज पौडेल र सहसचिव आरती भण्डारी र जिल्ला अध्यक्ष विशम्भर शर्मालगायतका नेताहरूले स्थलगत अनुगमन गरेका छन् ।

सभा स्थलको तयारी र सुरक्षा व्यवस्था कडाइका साथ मिलाइएको छ । स्थानीयवासी र पार्टी कार्यकर्ताहरू बिच उत्साहको माहौल छ र यो कार्यक्रमलाई ऐतिहासिक बनाउनका लागि व्यापक तयारी गरिएको छ । सो कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रमोद जयसवाल लगायत हजारौंको संख्यामा एमालेमा प्रवेश गर्ने जनाइएको छ।