नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.ओली पुष १४ गते पर्सामा आउने
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.ओली पुष १४ गते पर्सामा आउने भएका छन् । भव्य र सभ्य बनाउन तयारी बारे छलफलका लागि नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ पर्सा प्रदेशसभा (क) को बैठक सम्पन्न भएको छ।
उक्त बैठकले पर्सा जिल्ला क्षेत्र नम्बर ३ श्रीपुर पञ्चग्वामा आयोजना हुन लागेको बृहत पार्टी प्रवेश कार्यक्रमको तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा अधिकतम कार्यकर्ता र जनसहभागिता सुनिश्चित गर्न निर्णय गरिएको छ।


बैठकमा क्षेत्रीय संयोजक बाबुराम खनालको नेतृत्वमा प्रदेश कमिटी सदस्य बासुदेव यादव, महानगर कमिटी अध्यक्ष राजेन्द्र यादव, पूर्व जिल्ला कमिटी सदस्य बिनु देवी सिलवाल, राष्ट्रिय युवा संघ नेपाल महानगर सचिव मुकेश यादव, तथा प्रदेशसभा अन्तर्गतका विभिन्न वडा कमिटीका प्रतिनिधिहरूको उपस्थितिमा छलफल गरिएको छ ।सभार चेरवन्त खबर।
यस अवसरमा वडा कमिटी अध्यक्ष लालबाबु यादव, सुरेन्द्र साह कानु, नन्द किशोर यादव, गणेश बास्कोटा, संयोजक जगमोहन कुमार पटेल, प्रतिनिधि कंचन प्रसाद साह, अमानत अंसारी, पूर्व वडा अध्यक्ष अजय मेहता र जितेन्द्र यादव लगायतको सहभागिता थियो।