पाल्पाकाे रैनादेवी छहरा गाउँपालिकामा सुन ठगी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा

सुन ठगी गर्ने चार जना प्रहरी नियन्त्रणमा

पाल्पा —पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सुन ठगी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा–७ बल्ढेङ्गढीकी ७८ वर्षीया डिलकुमारी बगालेको सुन सफा गर्ने बहानामा ठगी गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रौतहट ईशनाथ गाउँपालिका–२ का ३० वर्षीय अनिल कुमार शाह, सोही स्थानका २१ वर्षीय आशिक शाह, अर्का २१ वर्षीय रोश शाह र अर्का २१ वर्षीय कृष्ण शाह रहेका छन् ।

उनीहरुले बगालेको सुन फोहोर भएको र सफा गर्ने बहानामा अर्को सुनको जस्तो देखिने रिङ दिएर भागी फरार भएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । उनीहरुलाई खोजतलास गर्ने क्रममा पाल्पाकै रैनादेवी छहरा गाउँपालिका–७ तल्लो काउलेमा फेला पारेको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।