सुनको मूल्य तोलामै २ हजारले वृद्धि

 सुनको मूल्य तोलामै २ हजारले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज नेपाली बजारमा छापावाल सुनको भाउ एकै पटक तोलामा २ हजारले बढेर १ लाख ६४ हजार ४ सयको उचाइमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ६ सयले बढेर १ लाख ६२ हजार ४ सयको रेकर्ड कायम भएको थियो । यसदिन चाँदीको भाउ पनि तोलामा ३० रुपैंयाँले बढेर १९ सय ८० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २७ सय २५ डलर आसपासमा कारोबार भइरहेको छ ।