बारामा सञ्चारकर्मी अजय साह सम्मानित

बारामा सञ्चारकर्मी अजय साह सम्मानित

प्रहरी दिवसको अवसरमा राजधानीकर्मी सम्मानित भएका छन् । ६९ प्रहरी दिवसको अवसरमा राजधानीकर्मी बारा सम्वादाता अजय साह सम्मानित भएका हुन् ।

साहले निष्पक्ष पत्रकारिताको माध्यमबाट प्रहरीलाई समाज प्रति उतरदायित्व बनाउने कार्य गरेको प्रति प्रमुख जिल्ला अधिकारी शंशिधर घिमिरे प्रहरी उपरीक्षक महेन्द्र खड्काले सम्मान गरेका थिए ।

करिव डेढ दशक देखि पत्रकारीता गर्दै आएका साह राजधानी दैनिक, एभिन्युज टेलिभिजमा आवद्ध रहेका छन् । उनले वि.स. २०६४ सालमा आफ्नो पत्रकारिताको सुरूवात विरगंजबाट प्रकाशित नारायणी टुडेबाट गरेका थिए ।

सोही अवसरमा सहिद प्रहरी परिवारहरुलाई दोसल्लाले समान तथा कलैयाबाट प्रशारण विश्वास एफ एमका साजिर मंसुर, साझेदारी दैनिकका संदिप यादवलाई फम्मानित गरिएको छ ।

प्रहरी उपरीक्षक महेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, सहायक प्रजिअ छबिरमण भट्टराई, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, शसस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिह, अनुसन्धान उपरीक्षक दिपक खड्का, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, प्रादेशिक अस्पताल कलैयाको मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल कुशवाहा, जनस्वास्थ्य प्रमुख रामनरेश यादव, संचारकर्मी लगायत शहीद परिवारको सहभागिता रहेको थियो ।

प्रहरी ऐन लागु हुनु भन्दा अगाडी कोतवाली, राम दल हुदै २०१२ सालमा प्रहरी ऐन जारी भएको दिन देखि प्रहरी दिवस मनाइदै आएको छ ।सभार राजधानी । प्रहरी दिवसको अवसरमा प्रहरीले आफ्नो कर्तव्य गर्ने क्रममा शहादत प्राप्त गरेका परिवारलाई सम्मान गरि सम्झिने गरेका छन् ।