जीतपुरसिमरा अस्पतालमा ४.७५ केजी बच्चाको नर्मल डिलेभरी,अस्पताल प्रती स्थानियको बिश्वास बढदै

जीतपुरसिमरा अस्पतालमा ४.७५ केजी बच्चाको नर्मल डिलेभरी,अस्पताल प्रती स्थानियको बिश्वास बढदै

मनाेज शाह जितपुर बारा १९ असोज।

बाराको जितपुर सिमरा उपमहानगरपालिकाद्वारा सञ्चालनमा रहेको जितपुर सिमरा नगर अस्पतालप्रति स्थानीयको विश्वास बढ्दै गएको छ। अस्पतालले शुक्रबार ४. ७५ केजीको बच्चाको नर्मल डेलिभरी गराउन सफल भएपछि अस्पतालप्रति स्थानीयहरूको विश्वास बढ्दै गएको छ।

जीतपुरसिमरा नगर अस्पतालमा शनिवार जीतपुरसिमरा उपमहानगरपालिका जैतापुर निवासी मनिषा चौधरीले ४.७५ केजिको बच्चालाई जन्म दिएकी छिन् ।अस्पतालमा रहेका चिकित्सकहरुको मिहिनेत र प्रयाशले बच्चाको नर्मल डिलेभरी गराईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले बताए ।जीतपुरसिमरा अस्पतालमा पहिलो पटक ४.७५ केजिको बच्चाको नर्मल डिलेभरी गराउन सफल भएकामा डा. साहले खुसी व्यक्त गरे । मनिषा चौधरीले जन्म दिएको ४.७५ केजिको बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्सकले जानकारी दिएका छन् ।

जीतपुरसिमरा अस्पतालको सेवामा सुधार भए सगै अस्पताल प्रती स्थानियहरुको बिश्वास बढदै गएको छ ।जीतपुरसिमरा अस्पतालमा अहिले उपचार गराउन आउने बिरामीको समेत संख्या बढेको छ । जीतपुरसिमरा अस्पतालको सेवामा सुधार भए सगै बिरगंज उपचार गराउन जाने समस्याबाट स्थानीयहरुलाई छुटकारा मिलेको छ ।केही दिन पहिला औषधि र बिधुतको समस्या झेल्दै आएको अस्पतालमा अहिले उपमहानगरले औषधी र विद्युत जस्ता समस्या समाधान गरेको छ ।