ई.प्र.का. सिमराद्वारा गत आर्थिक वर्ष ९ हजार ४ सय ४० जनालाई नागरिकता प्रमाणपत्र वितरण

ई.प्र.का. सिमराद्वारा गत आर्थिक वर्ष ९ हजार ४ सय ४० जनालाई नागरिकता प्रमाणपत्र वितरण

मनाेज शाह, जितपुर बारा, असाेज १६ गते:

बारामा नागरिकता वितरण गर्नको लागि जिल्ला प्रशासन कार्यालय कलैया तथा ईलाका प्रशासन कार्यालय सिमराले आआफ्नो कार्य क्षेत्र छुट्याएको लामो समय भइसकेको छ । ईलाका प्रशासन कार्यालय सिमराको कार्यक्षेत्र जितपुरसिमरा उपमहानगरपालिका तथा निजगढ नगरपालिका रहेको ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरीले जानकारी दिनुभयो ।

ईलाका प्रशासन कार्यालय सिमराले गत आर्थिक वर्ष ९ हजार ४ सय ४० जनालाई नागरिकताको प्रमाणपत्र बितरण गरेको तथ्याङ्क उक्त कार्यालयले जानकारी गराएको छ । ईलाका प्रशासन कार्यालय सिमरा बाराले गत अर्थिक वर्ष ८०/८१ मा ९ हजार ४ सय ४० जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेको ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरीले जानकारी दिनुभयो ।

यस कार्यालयले नागरिकताको प्रमाणपत्रका साथै राष्ट्रिय परिचयपत्र पनि वितरण गर्दै आएको छ । आर्थिक वर्ष ८१/८२ को साउन र भदौ महिनामा ११ सय जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको प्रमुख गिरीले जानकारी दिनुभयो ।