ईलेक्ट्राेनिक्स् तथा फर्निचरकाे सामान सहिँत २ भारतीय सवारी प्रहरीकाे नियन्त्रणमा

ईलेक्ट्राेनिक्स् तथा फर्निचरकाे सामान सहिँत २ भारतीय सवारी प्रहरीकाे नियन्त्रणमा
मनाेज कुमार साह जीतपुर, ७ असाेज
  लाखाैं मूल्य बाराबरकाे बिभिन्न ईलेक्ट्राेनिक्स् तथा फर्निचरका सामान सहिँत बाराबाट प्रहरीले दुई वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।
  ईलेक्ट्राेनिक्स् तथा फर्निचरका बिभिन्न सामानहरू लाेड गरेर धनुषा जिल्लाबाट कास्की जिल्ला तर्फ जाँदै गरेकाे एच.आर.३८.जेड.४११२ र एच.आर.३८.ए.एफ.०६३१ भारतीय नम्बर प्लेट रहेका यी ट्रकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।
  ईलाका प्रहरी कार्यालय, पथलैयाले जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया चाैकमा संकाकाे आधारमा चेक-जाँच गर्ने क्रममा बिल विजक भन्दा बढी परिमाण देखिएको कुलर, म्याटल फर्निचर, वासिङ मेसिन, फ्रिज, ऐयरकुलर, म्याट्रेस लगायत बिभिन्न सामान लैजादै गरेकाे दुबै ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  उक्त सामानहरू भुपु इन्डियन आर्मीको भन्ने बुझिएको र सामानको मुल्य भने नखुलेको तथा प्रहरी कार्यालय, पथलैयामा राखेर अनुशान्धानकाे भईरहेकाे जिल्ला प्रहरी कार्यायलय बाराले जनाएको छ ।