जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थाहरु दुईदिने बिदा

मनाेज शाह जितपुर बारा असाेज ७ गते

अत्याधिकगर्मी बढेपछि बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा मंगलबार र बुधवार बिदा दिने निर्णय गरेका हुन् ।अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय गरिएको उपमहानगरको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले जानकारी दिनुभयो ।