मधेस प्रदेशका डि – आई- जि पाेख्रेल एक्सनमा,तस्कर हरुमा डर पैदा

मधेस प्रदेशका डि – आई- जि पाेख्रेल एक्सनमा,तस्कर हरुमा डर पैदा

मनाेज शाह जितपुर बारा भदौ १८ गते:

मधेस प्रदेशका नेपाल प्रहरी प्रमुख डि- आइ- जि- यज्ञ बिनाेद पाेख्रेलले मधेस प्रदेशमा छाेटाे समयको कार्यकालमै अत्यन्त सराहनीय कार्य गर्दै चर्चामा रहेको छन् । मधेस प्रदेशमा कार्यभार सम्हाले लगत्तै नेपालको प्रबेश द्वारा पर्सा जिल्लाकाे बिरगंजमा अबैध तरिकाले हुँदै गरेको चाइनिज इन्टरनेशनल कल तथा ठुलो परिमाणमा सामग्री सहित बिदेशी नागरिक पक्राउ परेका थिए , जुनकी मधेस प्रदेश मै पहिलो पटक यश किसिमको घटनाक्रम सार्वजनिक भएको हाे । यस्तै गरि बिरगजकै रेल्व राेडबाट ४ कराेड८६ लाखकाे इलेक्ट्रोनिक चुरोट भण्डार गरिएको अवस्थामा बरामद गरेका थिए । उनकै कमान्डमा मधेस प्रदेशमा पहिलो पटक धेरै मात्रामा रहेको १९५ कार्टुन चाइनिज तास तस्करहरुबाट पक्राउ गर्न सफल रहेको थिए। बृहत् याेजना सहित बारा जिल्लाकाे कलैयामा रहेको राजराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषन कुशावाहाकाे हत्याराहरुलाई डि आइ जि यज्ञ बिनाेद पाेख्रेलकाे निर्देशनमा छाेटाे समयमै पक्राउ गरि सार्वजनिक गरिएको थियोे । मधेस प्रदेशमा विभिन्न चाडपर्वहरुमा हुने विभिन्न समुहरुकाे हिंसालाई पुर्णरुपमा न्यनीकरण गर्न अहम् भुमिका खेलेका कारण यश वर्ष कुनै अप्रिय घटना नघटेकाे मधेस प्रदेश बासीहरु बताउँछन् ।उनकै कमाण्ड तथा निर्देशनमा दिनहुँ गाँजा ब्राउन सुगर जस्ता नशालु पदार्थका तस्कर तथा काराेबारीहरु नशालु पदार्थ सहित पक्राउ पर्दै गइरहेकाेले तस्करहरुबिच डरकाे माहोल बनेको छ भने आम जनताहरु चुस्त दुरुस्त शान्ति सुरक्षाको अनुभुती गर्न पइरहेका छन् ।