ब्राह्मण समाज नेपालको विविध निर्णय


ब्राह्मण समाज नेपाल बाराको सोमबार बसेको बैठकले विविध निर्णय गरेका छन ।
समाजको कार्यबाहक अध्यक्ष मुक्तिनाथ तिवारीको सभापतित्वमा देवकीलाल धर्मशालाको सभाकक्षमा बसेको बैठकले भदौ २९ गते शनिबार कलैया नगरकमिटि गठन गर्ने सामुहिक निर्णय भएको केन्द्रिय सचिव प्रेमलाल पाण्डेले बताउनु भयो ।
यसैगरी सोही बैठकमा जिल्ला अधिवेशन गराउने तिथि मिति तय गरिने सार्वजनिक निर्णय भएको महागढीमाइ नगरपालिकाका ब्राह्मण समाजका अध्यक्ष रामायण तिवारीले जानकारी दिनुभयो ।
भदौ २९ गते शनिबार कलैया स्थित सिदेश्वर संस्कृत माध्यमिक बिधालयमा बिहान ११ बजे हुने भएकाले सम्पुर्ण जिल्लाका ब्राह्मण जातिलाइ आउन सार्वजनिक निर्णय भएको हरिकृष्ण तिवारीले बताउनु भयो ।
कार्यक्रममा बिजयकिशोर पाण्डे, मनमोहन पाण्डे, चन्द्रकिशोर पाण्डे, कार्तिकदेव पाण्डे, राजेन्द्र पाण्डे, अखिलेश तिवारी, राजेश तिवारी, प्रेमसागर पाण्डे, ज्ञयानेश्वर तिवारी, धर्मेन्द्र तिवारी र शिवशंकर मिश्रा लगायतको ४२ जनाको सहभागिता रहेकोे थियोे ।