जितपुरसिमरा नगर उपप्रमुख अधिकारीको उपस्थितीमा शिक्षिका अधिकारीले गरिन् हाजिर

स्पर्श खबर जितपुर बारा साउन ३२ गते:

जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भाला अधिकारीको उपस्थितीमा शिक्षिका अधिकारीले गरिन् हाजिर । लामो समयको विवाद र अन्तरविरोधपछि शिक्षिका सीता अधिकारीले सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हाजिर गरेकी छिन् । विद्यालयमा शुक्रबार बिहान जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीको उपस्थितीमा भएको छलफलपछि विद्यालय व्यवस्थापन समिति अधिकारीलाई हाजिर गराउन सहमत भएको हो ।

छलफलमा उपप्रमुख अधिकारीसहित नगर शिक्षा समितिका सदस्य हरिदेव खरेल, हिराबहादुर गुरुङ, वडाध्यक्ष धनबहादुर श्रेष्ठ, सुनिल गुप्ता, भोजबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बस्नेत, प्रध्यानाध्यापक शंकर आचार्यलगायतको उपस्थिती रहेको थियो । छलफलमा नगर उपप्रमुख अधिकारीले शिक्षक सरुवाको विवादलाई थप नबढाउन र सरुवा भएका शिक्षकलाई हाजिर गराउने वातावरण बनाउन आग्रह गरेका थिए ।