‘आत्महत्या रोक्न सबै जागरूक होऔ:

जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्ययोजना कार्यक्रम सबै जागरूक हुनु पर्ने छलफल भएको छ । बिहिबार करण राज पार्टी पैलेस कलैयामा आयोजना गरिएको कार्यक्रममा आत्महत्या रोक्न सबै जागरूक हुनुपर्ने छलफल भएको हो ।

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक महेन्द्र खड्काले बालबालिकाको पहिलो विधालय भनेकै अभिभावक भएकोले सम्पूर्ण अभिभावकहरू जागरूक हुन जरूरी रहेको बताए । आफ्नो बालबालिका के गरिरहेको छ, काहा गईरहेको छ, उसको जिवन यापन कसरी बितिरहेको छ, यस्ता कुराको जानकारी अभिभावक वर्गले घरमै जानकारी लिदिए आत्महत्या सजिलै निरुत्साहित पार्न आफु विश्वस्त रहेको प्रहरी उपरीक्षकले बताए ।

डलरको खेती गरिरहेका अधिकांश गैर सरकारी संस्थाले पनि आफ्नो दायित्व प्रभावकारी भुमिका निर्वाह गरिदिए आत्महत्यालाई निर्मूल पार्न सकिने उनले बताए । गैर सरकारी संस्थाहरूले क्विक रेसपोन्स गरि आत्महत्या निरुत्साहित गर्न विधालय, समाज लगायतको ठाउमा विचार गोष्ठी, सडक नाटक लगायत विभिन्न माध्यमबाट सुचना प्रवाह गरि जनचेतना फैलाउन सकिने प्रहरी उपरीक्षक खड्काले बताए ।

स्थानीय तहले पनि भौतिक विकासमा तिव्रता ल्याएको देखेर मन हर्षित भएको उनले सुनाए , ‘ तर कही कतै आत्महत्याको आँकडा हेरेर मन झसङ्ग हुन्छ । स्थानीय तहले प्रत्येक विधालयमा आत्महत्या निरुत्साहित पार्ने सांकेतिक फोटोग्राफी राख्ने प्रहरी उपरीक्षक खड्काले सुझाव दिएको थिए । सके सम्म प्रत्येक विधालयमा आत्महत्या न्युनिकरण गर्न विषयगत राखेर जागरूकता फैलाउन आवश्यक रहेको खड्काले बताए ।

जब सम्म समाज जागरूक हुदैन हामी कलिलो उमेरका सुनौलो भविष्यलाई आत्महत्याबाट रोक्न नसकिने उनको ठहर रहेको छ । त्यसैले सबै जना आ आफ्नो ठाउबाट जागौ र आजैदेखि आत्महत्यालाई निरुत्साहित पारौ प्रहरी उपरीक्षकले आग्रह गरेका थिए ।प्रहरी तथ्याङ्क अनुसार ०७८\०७९ मा महिला४६, पुरुष ४९, बालक ८ र बालबालिका ३६ गरि १ सय ३१ जना रहेको छ । त्यस्तै ०७९\०८० मा महिला ४७, पुरुष ४६, बालक ८ र बालिका २० गरि १ सय २१ तथ्याङ्कले देखाउँछ । त्यस्तै ०८०\०८१ को असाढ सम्म महिला ६८, षुरुष ६४, बालक ७ र बालिका २४ गरि १ सय ६३ जना रहेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् ।

प्रहरी उपरीक्षक खड्काको संयोजकमा विभिन्न १५ सरकारी तथा गैर सरकारीको प्रतिनिधिक सहभागितामा आत्महत्या न्युनिकरण तथा व्यवस्थापन अभियान समिति गठन गरिएको छ ।सभार राजधानी दैनिक । जसको सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी शंशिधर घिमिरे रहेको प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी गराएका ।