एउटै वडा अध्यक्षले दुई वटा वडाको लेटर प्याड प्रयोग गर्दै

अनिल पाण्डेय कलैया, २१ श्रावण

देशमा सँघियता लागु भई दुई कार्यालयको लागि आम निर्वाचन सम्पन्न भई सकेको छ। त्यस्तै स्थानीय तहको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भई कार्यान्वयनमा रहेको अवस्थामा स्थानीय तहमा नै सबै भन्दा भ्रष्टाचार हुने चर्चा चलिरहेको हुन्छ।

सोहि अनुसार भ्रष्टाचारको नमुना बारागढी गाउँपालिकामा पनि देख्न पाईएको छ। बारागढि गाउँपालिका अन्तर्गत खोपवा वडा न ४ को किता न ९२२ को क्षेत्रफल १-१-० जगा किता काट भई हाल किता न १०९५ क्षेत्रफल ०-७-० जग्गा इन्द्र चौधरीको नाम श्रेस्ता पुर्जा कायम पछि राजस्व कम छ भनि जग्गा रोक्का गरिएको छ ।वडा नं ३ का वडा अध्यक्ष उमेश प्रसाद साहले आफ्नो लेटर प्याड सँगै वडा नं १ को पनि लेटर प्याड प्रयोग गर्ने गरेको रहस्य बाहिर आएको छ।

साहले यहि मिति २०८० साल पौष ११ गते वडा नं १ को लेटर प्याड प्रयोग गरी चलानी नम्बर ९०३ बाट भुमि सुधार तथा मालपोत कार्यालय कलैया बारामा घरबाटो प्रमाणित सम्बन्धमा सिफारीस गरेका छन्। भने यहि मिति २०८० साल असाढ २ गते चलानी नम्बर २१०३ बाट वडा नं ३ को लेटर प्याड प्रयोग गरी भुमि सुधार तथा मालपोत कार्यालय कलैया बारामा सिफारिश सम्बन्धमा पत्र पठाएका छन्।

एउटै ब्यक्ति दुई वटा लेटर प्याडमा हस्ताक्षर गरी सिफारिश गरेको भेटिएपछि शँका उत्पन्न भएको छ। भने एउटै वडा अध्यक्षले किन दुई वटा वडाको लेटर प्याड प्रयोग गरेको होलान् भनि प्रश्न खडा भएको छ।

यस बिषय प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेसँग प्रतिक्रिया लिँदा वडाको जनप्रतिनिधि भनेको कुनै एउटा वडाको मात्र रहने प्रावधान रहेको छ। तर कुनै वडा अध्यक्षले अर्को वडा अध्यक्षको लेटर प्याड प्रयोग गर्नु गैर कानुनी हो। त्यस्तो छ भने अख्तियार दुरुपयोग अनुसंधान आयोगमा उजुरी गर्न लगाउनु त्यहाँबाट अनुसन्धान भई कार्वाही हुने बताएका छन्।

एउटा जनप्रतिनिधिले आफ्नो वडाको लेटर प्याड बाहेक अरु वडाको लेटर प्याड प्रयोग गरेकोले भ्रष्टाचार गर्ने नियत प्रष्ट देखिएको छ।सभार बारा संचार। त्यसैले यस्ता जनप्रतिनिधिलाई कानुनी दायरामा ल्यान जरुरी रहेकोले सम्बन्धि निकायको यस तर्फ ध्यानाकर्षण हुन आवश्यक देखिन्छ।