बासी मुखमा पानी पिउँदा शरीरमा के हुन्छ ? जानौं

पानी हाम्रो जीवनका लागि अति आवश्यक चीज हो तर के तपाइलाई यो थाहा छ कि दैनिक बिहान बासी मुखमा पानी पिउनाले जो हाम्रो मुखमा एक किसिमको राल हुन्छ त्यो हाम्रो पेटमा पुगेर कयौँ रोगहरूबाट बचाउँछ ।

राल मुखमा बन्ने यस्तो पदार्थ हो जसले एन्टीसेप्टीकको जस्तो काम गर्दछ र हामीले थाहै नपाइ कयौँ रोगबाट बचाइ रहेको हुन्छ । पानी पिउनाले शरीरका कयौँ रोग निको हुन्छ, पानीले छालाकोको रोग लाई पनि हतपत लाग्न दिँदैन भने विभिन्न किसिमका रोगहरू लाग्न दिनबाट बचाउन पनि पानीले धेरै ठुलो सहायता गर्दछ ।

यदि पानीलाई बिहानै बासी मुखमा पिउने गरियो भने यसको फाइदा सुनेर तपाइ पनि अचम्ममा पर्न सक्नु हुनेछ । आउनुहोस् जानौँ पानीलाई कुन समयमा कति मात्रामा पिउने? किनकि पानी पिउने सही तरीकाले मात्र तपाईँलाई स्वस्थ राख्न सक्दछ ।

बिहान बासी मुखमा पानी पिउनुको फाइदा:

बिहानै उठ्ने बित्तिकै बासी मुखमा पानी पिउनाले शरीर भित्रका अङ्गहरू ज्यादा सक्रिय हुने गर्दछन् जसले पाचन प्रक्रिया सहज हुन्छ भने अनुहारमा पनि चमक बढ्दछ ।

साथै बासी मुखमा पानी पिउँदा शरीरभित्रका विकारहरूको पनि सफा हुने काम हुन्छ ।पानीले रगतमा भएका विषाक्त पदार्थ सफा गर्छ। पानी पिउनाले नयाँ रक्त कोषिका र तन्तु बन्न मद्दत पुग्छ, जसले तौल सन्तुलित राख्न सहयोग पुर्‍याउँछ। जसले गर्दा हाम्रो शरीर स्वस्थ बन्न मद्दत गर्दछ ।

सुत्नुभन्दा पहिले पानी पिउनाले मुटु रोगका बिरामीहरूलाई फाइदा पुग्दछ । यसले मुटुलाई नर्मल अवस्थामा राख्नुका साथै हर्ट अट्याक बाट पनि जोगाउँदछ ।

नुहाउनुभन्दा पहिले एक गिलास पानी पिउनुस् जसले हाइ ब्लड प्रेसर लाई कन्ट्रोल गर्न मद्दत गर्दछ ।

साँझको खानाभन्दा पहिले यदि तपाइले १ गिलास पानी पिउनुभयो भने यसले पेट भरिने हुनाले धेरै खानाको जरुरत पर्दैन जसले तपाईँलाई शरीर मोटाउनबाट जोगाउँछ ।

तपाइ जुन स्थानमा भए पनि तपाइ यदि तनावमा पर्नु भयो भने तत्काल एक गिलास पानी पिउनुहोस् यसले तपाइको दिमागलाई शान्त राख्न मद्दत गर्दछ र तपाइको तनाव पनि कम हुन्छ ।