२६ केजी ५ पाेका गाँजा भारतीय चालक सहित पक्राउ

२६ केजी ५ पाेका गाँजा भारतीय चालक सहित पक्राउ

मनाेज शाह जितपुर बारा साउन ३ गते:
प्रहरी चाैकी पथलैयाकाे ठुलो सफलता भएको छ । आज बिहान करिब ५ बजे गाँज,गाडी चालक पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहालले बताए । मधेश प्रदेश;- इ.प्र.का.अमलेखगंज बाराको टोलिले का.अगाडी चेकजाँच गर्ने क्रममा हेटौडा बाट विरगंज तर्फ जादै गरेको बा ४ च ५७० न.को कार नरोकी सुचना दिएको र उक्त कार पछयाकोमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ पथलैया चोक स्थितमा यस चौकी बाट प्र.ब.ना.नि. नरेश शाहीको कमाण्डमा खटिएको चेकिङ टोलीले रोकी चेकजाँच गर्दा कारको सिट मुनि लुकाई छिपाई राखेको ला.औ.गाजाँ २६ के.जि.(५ पोका) फेला पारी कार,कार चालक र कारमा सवार निम्न मानिसहरू सहित नियन्त्रणमा लिई तालुक इ.प्र.का.सिमरा तर्फ पठाएको,उक्त स्थान यस चौकी बाट अ.१०० मिटर पश्चिम पर्ने अन्य बि.बि.पचि(०)कार चालक देश भारत बिहार राज्य सुमौली बस्ने अ.वर्ष ३० को दिपक चन्द्र देव
कारमा सवार जिल्ला मकवानपुर राकसिरान न.पा.२ बस्ने अ.वर्ष २८ को अन्जन शाह ।