खानेपानी संचालनका लागी ५ करोड बजेट

मनाेज शाह जितपुर बारा साउन ३ गते:

भवानीपुर जीतपुर खानेपानी संचालनको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले ५ करोड बजेट बिनियोजन गरेको छ । उपमहानगरको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक निती तथा कार्यक्रममा जीपतुरसिमरा–५ स्थित रहेको खानेपनी संचालनको लागि ५ करोड बजेट विनियोजन गरेको हो ।

विगत लामो समय देखी संचालनको पर्खाइमा रहेको भवानीपुर जीतपुर खानेपानी संचालन गर्न उपमहानगरले पहिलो पटक बजेत विनियोजन गरेको हो । दशकौ देखी जिर्ण अवस्थामा रहेको उक्त खानेपानीलाई पुनः निमार्ण गरि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ र ७ सहित अन्य वडामा समेत सुद्ध पिउने पानी उपलब्ध गराउने उदेश्यका साथ यस वर्ष बजेट विनियोजन गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

भवानीपुर जीतपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई ५ करोड विनियोजन गरेको भन्दै सामाजिक संजालमा मेयर सहित उपमहनगरलाई सामाजिक संजालमा निकै प्रशंसा गरिदै छ ।