बाराका सामुदायिक विद्यालयमा ११५९ ओटा दरबन्दी अझै अपुग

बाराका सामुदायिक विद्यालयमा ११५९ ओटा दरबन्दी अझै अपुग

मनाेज शाह जितपुर बारा श्रवण १ गते:

बारा जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा शिक्षकको दरबन्दी अपुग रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई बाराले उपलब्ध गराएको तथ्यांक अनुसार बाराका सामुदायिक विद्यालयहरुमा ११५९ ओटा शिक्षक दरबन्दी अपुग रहेको जनाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई बाराको अनुसार हाल बारामा जम्मा ४२५ सामुदायिक विद्यालय रहेका छन् भने बाराको सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १७३४५५ रहेको जनाइएको छ । यसैगरी हाल कार्यरत शिक्षक दरबन्दी २३४२ रहेको छ । हाल ११५९ ओटा शिक्षक दरबन्दी अपुग रहेको तथ्यांक शिक्षा बिकास तथा समन्वय एकाइ बाराका शाखा अधिकृत उपेन्द्र चाैधरीले स्पर्श खबरलाइ बताए । बाराका सामुदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी अपुग रहेकै कारणले ती विद्यालयमा विषयगत शिक्षकको अभाव सिर्जना भयो र परिणामस्वरूप यसपटकको एस्ईई परीक्षाकाे रिजल्ट संतोषजनक नभएको शाखा प्रमुख चाैधरीले स्पर्श खबरलाई बताए ।