जितपुरका गुप्ता माेटरसाइकल दुर्घटना हुदा एकजना गम्भीर घाइते ।

रन्जित चैधरी जितपुर बारा असार ३० गते ।

बारा जिल्लाको छातापिपरामा मोटरसाईकल दुर्घटना हुदा एक जना गम्भिर घाईते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ छातापिपराको गोदावरी पेट्रोल पम्प नजिकै मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

विरगञ्ज तर्फबाट जीतपुर तिर आउदै गरेको प्रदेश २-०३-०१६प ०७४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा जीतपुरसिमरा-७ निवासी फुर्तिलाल कलवारका छोरा मोटरसाईकल चालक अन्दाजी ४० वर्षिय राम गुप्ता गम्भिर घाईए भएका छन् ।

हाल विरगञ्ज स्थित नेपाल मेडिसिटि वयोध्या अस्पतालमा उपचार भैरहेको र थप उपचारका लागि काठमाडौं लगिने तयारी भैरहेको बारा प्रहरीले जनाएको छ ।