पत्रकार यादव माथि हातपात,न्यायको मांग गर्दै प्रहरीमा उजुरी

मनाेज शाह जितपुर बारा असार २९ गते:

facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

संचार संकलन गरेर फर्किने क्रममा बारामा एक जना पत्रकार माथि हातपात भएको घटना बाहिरिएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा समाचार संकलन गरेर फर्किरहेको पत्रकार ओमप्रवेश यादव माथि हातपात भएको छ ।समाचार संकलन गरेर अमाडारमा साथि संग कुरा गरिरहेको बेला उनलाई जीतपुरसिमरा उपमहानगरपालिका-११ का वडाध्यक्ष बिन्दालाल साहका छोरा अजय साहले एकासी गालि गलौज गर्दै हातपात गरेर उनको मोबाईल समेत खोशेको पत्रकार यादवले बताएको छ ।

वडाध्यक्ष बिन्दालाल साहको छोरा अजय साहले आफुलाई एकासी गालि गर्न थाले पछि आफुले भिडियो लिइरहेको बेला वडाध्यक्षको छोराले आफु माथि हातपात गरेर मोबाईल समेत खोशेको पत्रकार यादवले बताएको छ ।केहि दिन पहिला अमाडारमा एक जनाको घर आगलागी बाट पूर्ण रुपमा जलेर नष्ट भएको समाचार संकलन गरेको निहुँमा नै वडाध्यक्षको निर्देशनमा उहाँको छोराले म माथि हातपात गरेको पत्रकार यादवले आरोप लगाएको छ ।सत्य तथ्य समाचार संकलन गर्दा आफु माथि योजना नै बनाएर वडाध्यक्षले पहिला समेत धाक धम्कि दिदै आएको समेत पत्रकार यादवले बताएको छ ।नेपाल वन खबर नामक अनलाइनको संचालक रहेको पत्रकार यादवले वडाध्यक्षको छोराले आफु माथि हातपात गरेको भन्दै ईलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी समेत दिएको छ ।पछिल्लो क्रममा नेपालमा पत्रकार माथि हातपातको घटना बढेको छ ।सहि समाचार सम्प्रेषण गरेर नागरिकलाई सुचित गराउने पत्रकार नै अहिले पिडित बन्न थालेको छ ।