जितपुरमा ५ महिलासहित ७० जनाले रक्तदान गरे

मनाेज शाह जितपुर बारा असार २९ गते:

आज शान्ति युवा विकास मञ्च, शान्ति टोल जितपुर द्वारा मानव अधिकार एलायन्स बाराको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र विरगंजको प्राविधिक सहयोगमा वृहत् रक्तदान शिविरको आयोजना गरियो | उक्त रक्तदान शिविरमा पाँच महिला सहित सत्तरी जनाले रक्तदान गरेको शान्ति युवा विकास मञ्चका कोषाध्यक्ष अजय कुशवाहाले जानकारी दिए । सामाजिक सेवामा सधैं अग्रस्थानमा उभिने शान्ति
युवा विकास मञ्चले हाल गर्मीयाममा देखिएको रगत अभावबाट पर्न गएको विरामीहरूको समस्यालाई न्युनिकरण गर्ने उद्देश्यले रक्तदान शिविर आयोजना गरेको कार्यक्रमका संयोजक संजय चौधरीले बताए । सामाजिक कार्यमा युवाहरूको अग्रसरता देखेर आफू धेरै हर्षित भएको समाजसेवी तथा जितपुरसिमरा उ.म.न.पा. वडा नं ७ का वडा सदस्य नविन मैनालीले बताए । श्री फकिरा गिरी राजेश्वर गिरी मा. वि. का प्रधानाध्यापक राजु कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष विवेक कुमार सोनार, मानव अधिकार एलायन्स बाराका अध्यक्ष अनिल तिवारी, दिपक गुप्ता, इन्द्रजित चौधरी, आत्मराम अधिकारी, ईश्वर थपलिया लगायतको उपस्थिति थियो।

जितपुर निवासी दिपेन्द्र गुप्ताले आफ्नो छोरीको जन्मदिन तथा नगौल निवासी राजाराम श्रेष्ठले वैवाहिक वर्षगाँठ को अवसर पारी रक्तदान गरेका थिए।