कांग्रेस बाराद्वारा कुशवाहाको मृत्यु प्रति गहिरो दुःख व्यक्त

कांग्रेस बाराद्वारा कुशवाहाको मृत्यु प्रति गहिरो दुःख व्यक्त

मनाेज शाह  जितपुर बारा असार १ गते:

 

नेपाली कांग्रेस बाराले बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ मा गोली प्रहारबाट आदर्श कोतवाल वडा नम्बर दुई निवासी हरिभुषण कुशवाहाको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस बाराका कार्यालय सचिव अम्बिका प्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गरी यसरी दुःख व्यक्त गरेका हुन् ।

यस घटना प्रति नेपाली कांग्रेस बाराले घोर भत्र्सना गरेको छ । नेपाली कांग्रेस बाराले कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख समेत रहेका स्व.हरिभुषणप्रसाद कुशवाहा प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

परिवारजनलाई भगवान श्री पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनेर विज्ञप्तिमा कामना गरिएको छ । उहाँको वास बैकुण्ठमा होस् भन्दै विज्ञप्तिमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

विज्ञप्तिमा घटनालाई आतंकवादी घटनाको संज्ञा दिइएको छ । साथै घटनाको छानवीन गरी दोषीमाथि कारवाही गर्न सम्बन्धित निकायसंग विज्ञप्तिमा जोडदार माग गरिएको छ ।