रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहार

रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहार

मनाेज शाह जितपुर बारा जेठ ३२ गते:

बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि शुक्रवार साँझ गोली प्रहार भएको छ । कुशवाहालाई आदर्श कोतवाल गाउँपालिका ३ स्थित बतरा टोलमा गोली प्रहार भएको हो ।

गोली प्रहारबाट गम्भीर घाइते कुशवाहाको बयोधा अस्पतालमा उपचार भईरहेको छ । उनको शरीरको कुन भागमा र कति राउण्ड गोली लागेको भन्ने अहिले खुल्न सकेको छैन ।

मोटरसाइकलमा सवार रहेका कुशवाहालाई अज्ञात व्यक्तिले साँझ ६ बजे गोली प्रहार गरेका हुन् । मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी फरार भएको भन्ने प्रारम्भिक रुपमा बुझिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । न्यौपानेले घटनाको थप विवरण खुल्न बाँकी रहेको बताए ।