मधेस प्रदेशका जनकपुर क्षेत्रको ९ हजार बिगाह जमिन अतिक्रमणबारे बिग अपरेशन गर्दैछौं: गृहमन्त्री लामिछाने

मधेस प्रदेशका जनकपुर क्षेत्रको ९ हजार बिगाह जमिन अतिक्रमणबारे बिग अपरेशन गर्दैछौं: गृहमन्त्री लामिछाने

स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा आफ्नो एक सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । सो क्षेत्रको करिब नौ हजार विगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले विग अपरेशन गरिरहेको गृहमन्त्री लामिछानेले भनाई थियो । उहाँले सो विषयमा सञ्चार माध्यामलाई आफूले चाँडै विस्तृत जानकारी गराउने पनि बताउनुभयो । सभार इमेज खबर । गृहमन्त्री लामिछानेले आफूले सय दिनमा गृह मन्त्रालयको घोषित उद्देश्य अनुसार काम हुनेगरी आधार तयार पारेको पनि बताउनुभयो ।

गृहमन्त्री लामिछानेले सरकारले जुनसुकै केशलाई पनि अनुसन्धान गर्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउने समेत दोहो¥याउनुभयो ।