Homeसबैको साथ र सहयोगले मात्र उपमहानगरलाई सफा र सुन्दर बनाउँन सकिने ः नगर प्रमुख पौडेल
सबैको साथ र सहयोगले मात्र उपमहानगरलाई सफा र सुन्दर बनाउँन सकिने ः नगर प्रमुख पौडेल
स्पर्श खबर जितपुर बारा कार्तिक २९ गते:
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सबैको साथ र सहयोगले मात्र उपमहानगरलाई सफा र सुन्दर बनाउँन सकिने बताउँनुभएको छ । फोहर ब्यवस्थापनमा उपमहानगर र नगरबासी दुबै गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।उपमहानगरपालिकाबासीको गुनासो र बिकास निर्माणको बिषयमा घरदैलोमै गएर छलफल गर्ने क्रममा जीतपुर आएका नगर प्रमुख पौडेलसँग जीतपुर घर भएका राजनितीक दलका प्रतिनिधिहरु र सामाजसेवीहरुले फोहर ब्यवस्थापनको कुरालाई जोडतोडले उठाएका छन् ।
छलफलमा फोहर ब्यवस्थापनको बिबिध बिषयमा छलफल भएको थियो । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको महासचिव प्रकाश गिरीको संयोजनमा भएको कार्यक्रममा नेपाली काग्रेसका पुर्ब महासमिती सदस्य कृष्णब्रत सिँह ,नगर उद्योगबाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,लोसपाका बारा क्षेत्र नं.४ (क)का अध्यक्ष घनश्याम गिरी ,नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल, नेपाली काग्रेसका नगर सभापती छबि शर्मा ,नगर उद्योग बाणिजय संघका निबर्तमान अध्यक्ष संजय साह ,नगर उद्योग बाणिज्य संघका पुर्ब महासचिव शिवजी साह सोनार , मानव अधिकाकर्मी तथा पत्रकार बिदुर खड्का , शिक्षक राजमणि बराल ,जीतपुरसिमरा नगर खेलकुद महासंघका अध्यक्ष मनोज साह ,समाजसेवी ओम प्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।